ज्योति विकास बैंकको खुद मुनाफा ४९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको खुद मुनाफा ४९ प्रतिशतले बढ्यो



joyti-bikas-bankकाठमाडौं, १७ साउन  । ९२ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको ज्योति विकास बैंकले चौथो त्रैमासमा खुद मुनाफामा १५ करोड २१ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४९ दशमलव ०१ प्रतिशत वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १० करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले जगेडाकोषमा २३ करोड ४० लाख रुपैयाँ राखिएको छ । निक्षेपमा २१ दशलमव २४ प्रतिशत वृद्धि गरी ७ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६ अर्ब ९५ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा १८ दशमलव ५९ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा १७ दशमलव ३७ प्रतिशतले वृद्धि गरी ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफामा १० दशमलव ८८ प्रतिशत वृद्धि गरी १६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड ४४ लाख रुपैयाँ राखिएको छ भने ४ करोड ७० लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १६ दशमलव ४८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १० दशमलव २६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ९४ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा १ दशमलव ३९ प्रतिशत र जोखिम युत्त सम्पत्ति १६ दशमलव ७० प्रतिशत रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १२:०८