नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा उपमहानिर्देशक राजकुमार क्षेत्री नियुक्त भएका छन् । महानिर्देशक पदबाट राजन पोख्रेलले राजीनामा दिएसँगै क्षेत्री निमित्त महानिर्देशक पदमा नियुक्त भएका हुन् ।

पर्यटन मन्त्रालयको सिफारिसमा क्षेत्री हिजो राति नियुक्त भएका हुन् । महानिर्देशकमा नियुक्त हुनका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने हुन्छ । क्षेत्रीले आगामी पुसमा अवकास पाउँदैछन् ।

प्राधिकरणको महानिर्देशकमा नियुक्त हुनका लागि १२ तहका ६ जना उपमहानिर्देशक रहेपनि ४ जनाले भोलि अवकास पाउँदैछन् । बाँकी रहेका दुई उपनिर्देशकमध्ये क्षेत्री सिनियर भएकाले निमित्त महानिर्देशक बनेका हुन् ।

महानिर्देक पोख्रेलले अवकास पाउनु २ दिन अघिमात्र राजीनामा दिएका हुन् । पोखरेल १३ असार २०७६ मा महानिर्देक बनेका थिए । पोख्रेलको महानिर्देकमा रहँदै गर्दा राष्ट्रियसभाबाट प्राधिकरण टुक्रिने विधेयक पारितभएसँगै कर्मचारीले आन्दोलन गर्दै उनको राजीनामा माग गरेका थिए ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १०:५९