नागरिक लगानी कोषमा भएको चार लाख कित्ता सेयर बेच्दै नेपाल बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागरिक लगानी कोषमा भएको चार लाख कित्ता सेयर बेच्दै नेपाल बैंक



nepal bankकाठमाडौं १७ साउन । नेपाल बैंक लिमिटेटमा नागरिक लगानी कोषमा रहेको ४ लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ । बैंकले कोषमा रहेको ३ लाख ९९ हजर ९ सय ४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता ३५ सय नघट्ने गरी सेयर खरिदका लागि बोल पत्र आव्हान गरेको हो । साउन १७ गतेदेखि भदौ ५ गतेभित्र बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले सेयर खरिदका लागि सिद्धार्थ क्यापिटल लिमिटेडमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १२:१३