एनबी बैंक पहिलोपटक अर्बपति बन्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबी बैंक पहिलोपटक अर्बपति बन्यो



nepal_bangladesh_bank_6_12_2016_1_10_45काठमाडौं १७ साउन । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड नाफा कमाएको छ । बैंकले पहिलोपटक अर्बमा नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले ८१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले २ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको छ भने १ अर्ब ४५ करोड ब्याज खर्च गरेको बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ । बैंकको कर्मचारी खर्च भने ४० करोड रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैंयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २०० रुपैंयाँ छ । बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएकोमध्ये ५ करोड रुपैयाँ फिर्ता -राइटव्याक) गरेको छ । बैंकको खराब कर्जा ०.७१ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी र जगेडा कोष सबै ३-३ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षभित्रै राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी अर्थात् ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन यो बैंक मर्जरमै जानुपर्ने देखिन्छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १२:१७