सेयर बजार १७ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजार १७ अंकले घट्यो



stockकाठमाडौं १७ साउन । सेयर बजार दोस्रो दिन पनि दोहोरो अंकले घटेको छ । बजार १७.३५ अंकले घटेर १८४५ अंकमा ओर्लिएको छ । बित्तीय क्षेत्र कमजोर हुँदा बजार ओरालो लागेको हो । वित्तीय क्षेत्रका सबै उपसुचकहरु रातो छन् । दिनभरीमा बैंकिङ १६.४४ अंक, विकास बैंक ३२.४३ अंक र फाइनान्स डेढ अंकले घटेको छ । बिमा पनि ६४ अंकले घटेको छ । सोमबार होटल ४० अंकले बढेको छ ।
होटलवाहेकका सबै सुचक ओरालो लाग्दा बजार रातो भएको हो । सबैभन्दा वढि बिमा ६४ र उत्पादनमूलक साढे ४२ अंकले ओर्लिएको छ । जलविद्युत पनि २५ अंकले झरेको छ ।

दिनभरीमा बजारमा १४० कम्पनीको सेयर कारोबार भएको छ । कुल एक अर्ब ८४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ५१ लाख १५ हजार ४२० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा वढि नबिल बैंकको संस्थापक सेयर किनबेच भएको छ । बजारमा नबिल संस्थापक २७ करोड ५६ लाख रुपैयाँको किनबेच भएको छ । कुल एक लाख ६८ हजार ३०१ कित्ता सेयर किनबेच भएको हो ।

नबिलपछि एनबी बैंकको १५ करोड ८७ लाख र प्राइम कमर्सियल बैंकको १२ करोडको किनबेच भएको छ । नेपाल बैंकको पनि नौं करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा समेत लक्ष्मी भ्यालु फन्ड-१ को सेयरमा सर्किट लागेको छ । कम्पनीले २५ प्रतिशत लाभांस घोषणा गरेपछि यसको युनिटको मूल्य १० प्रतिशतले बढेको हो । माउन्ट मकालुको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । ललितपुर फाइनान्सको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १२:२३