सनराइजको मुनाफामा १ सय २ प्रतिशतको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइजको मुनाफामा १ सय २ प्रतिशतको वृद्धि



xsunrise-bank-1-696x440.jpg.pagespeed.ic.EEfRF2BakRकाठमाडौं, १८ साउन  । सनराइज बैंकले चौथो त्रैमासमा अघिल्लो वर्षको तुलनाभन्दा १ सय २ दशमलव १३ प्रतिशतले खुद मुनाफामा वृद्धि गरी ९५ करोड १७ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले अघिल्लो वर्ष यसै अवधिमा ४७ करोड ८ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । ३ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडाकोषमा २ अर्ब १६ करोड ९४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ५४ दशमलव २४ प्रतिशतले वृद्धि गरी ५१ अर्ब ६५ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जा प्रवाहतर्फ ६२ दशमलव ४९ प्रतिशतले वृद्धि गरि ४२ अर्ब ८६ करोड रुपैयाँ तथा लगानीतर्फ ८ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ३५ दशमलव ८९ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकले सञ्चालन मुनाफामा भने निकै प्रगति गरेको छ । उक्त मुनाफा १ सय ३४ दशमलव ४८ प्रतिशतले वृद्धि भई ९५ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३२ करोड ५३ लाख रुपैयाँ राखेको छ । त्यसै गरि ५५ करोड ६३ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।

बैंकको चौथो त्रैमासिक रिपोर्ट अनुसार प्रति शेयर आम्दानी २३ दशमलव ९८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात ३१ दशमलव २४ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ५४ दशमलव ५६ रुपैयाँ रहेको छ र तरलता अनुपात २५ दशमलव १४ प्रतिशत रहेको छ । जोखिम युक्त सम्पति ११ दशमलव ९८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव २४ प्रतिशत रहेको छ ।

सनराईज बैंकले नारायणी नेशनल फाइनान्सलाई मर्ज गरेको हो । नारायणी नेशनल फाईनान्सलाई सनराईजले ७७ प्रतिशत स्वाप रेसियोमा गाभेको थियो ।

प्रकाशित : १८ श्रावण २०७३, मंगलवार ०२:२७