मलेसिया र खाडी मुलुकका ५७ कम्पनीमा कामदार पठाउन प्रतिवन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेसिया र खाडी मुलुकका ५७ कम्पनीमा कामदार पठाउन प्रतिवन्ध



काठमाडौं १७ साउन । सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ । कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो ।
कागजमा आकर्षक तलवसुविधाको आश्वासन दिने तर व्यवहारमा त्यस अनुसारका कार्यान्वयन नगरेका दर्जनौं उजुरीका आधारमा सरकारले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको हो । नेपाल एक सय १० वटा मुलुकमा कामदार पठाउन खुल्ला गरेको भए पनि कारबाहीमा परेका सबै कम्पनी मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी जम्मा चारवटा देशका मात्र छन् ।
ती मुलुकका केही कम्पनीले विदेशी कामदार मगाएर अलपत्र पारेको समेत वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । नेपालले कालोसूचीमा राखेकामध्ये फर्निचर, कटन, टावल, क्लिनिङ क्षेत्रसँग सम्बन्धी कम्पनीहरु रहेका छन् । कामदार पठाउन प्रतिवन्ध लगाएका ५७ मध्ये ५२ वटा मलेसियाका कम्पनी रहेका छन् । (अन्नपूर्ण पोस्ट् दैनिक)

प्रकाशित : १८ श्रावण २०७३, मंगलवार ०३:२५