माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर शुक्रबारदेखी असोज १७ गतेसम्मका लागि लागु हुनेछ ।

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ,पोलोरोइड क्यामरा,विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु ,फुडमाण्डुबाट गिफ्ट भौचर ,भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५००० रुपैयाँसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीभे साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार १२:२२