एनएमबी बैंक र युनिक नेपालबीच रेमिटेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी बैंक र युनिक नेपालबीच रेमिटेन्स सम्झौता



nmbकाठमाडौं, १८  साउन । एनएमबी बैंकले लघुवित्त कम्पनी “युनिक नेपाल” सँग रेमिटेन्स सम्झौता गरेको छ । एनएमबी बैंकको सुलभ रेमिटले स्वदेश तथा विदेशमा आफ्नो कारोबार बिस्तार गर्दै नेपालीहरुको कमाई सरल एवं सुरक्षित रुपमा घर परिवार सम्म पठाउँदै आएको छ ।

सम्झौतापछि युनिक नेपालका जुनसुकै शाखाबाट पनि सुलभ रेमिटको सेवा लिन सकिने बैंकले जनाएको छ ।  सुलभ रेमिटको सेवा देशै भरि फैलिएका सात हजार भन्दा बढी एजेन्टबाट सेवा लिन सकिने बैंकले जनाएको छ । हाल एनएमबी बैंकका ६८ वटा भन्दा बढी शाखा कार्यालय, ४६ एटिएम, ८ एक्सटेंशन काउन्टर तथा शाखा रहित बैकिङ्ग सुविधा पुर्याउँदै आएको छ ।

प्रकाशित : १८ श्रावण २०७३, मंगलवार १५:४८