भिबोर बैंकको खुद मुनाफा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिबोर बैंकको खुद मुनाफा बढ्यो



काठमाडौं,१९ साउन । ९१ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी भएको भिबोर विकास बैंकले चौथो त्रैमासमा खुद मुनाफा २० करोड ३७ लाख रुपैयाँ कमाएको छ । उक्त मुनाफा गत वर्ष भन्दा २८ दशमलव ६० प्रतिशतल बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले खुद मुनाफामा १५ करोड ८४ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले जगेडाकोष २ करोड रुपैयाँले नेगेटिभमा रहेको छ । बैंकले निक्षेपमा ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ६ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ५ अर्ब २८ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनामा ३७ प्रतिशतको वृद्धि हो । त्यस्तै खुद व्याज आम्दानी ७१ प्रतिशतले बढेर १९ करोड १७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ९ करोड ६८ लाख रुपैयाँ रहेको छ । उक्त बैंक अघिल्लो वर्षको सोहि अवधिमा ६ करोड ८६ लाख रुपैयाँ नोक्सानमा रहको थियो । बैंकले प्रोभिजनमा ३ करोड १२ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा १० करोड १० लाख रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको निष्कृय कर्जामा शुन्य दशमलव ७९ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १३ दशमलव ७७ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक २२ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६ दशमलव ८४ गुणा, प्रतिशेयर नेटवर्थ ९७ दशमलव ४७ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ०७ प्रतिशत रहेको छ ।

प्रकाशित : १९ श्रावण २०७३, बुधबार ०३:२३