विश्व बैंकले नेपाललाई ७६ करोड ३८ लाख रुपैयाँ अनुदान दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विश्व बैंकले नेपाललाई ७६ करोड ३८ लाख रुपैयाँ अनुदान दिने



काठमाडौं । विश्व बैंकले नेपाललाई ७६ करोड ३८ लाख रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंकले सडक सुरक्षा सहयोग परियोजना कार्यान्वयनका लागि नेपाललाई ७६ करोड ३८ लाख रुपैयाँ अनुदान दिने भएको हो ।

अर्थ मन्त्रालयमा मंगलबार अनुदान दिने सम्बन्धी सम्झौता भएको छ   । सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधुप्रसाद मरासिनी र विश्व बैंकका तर्फबाट नेपाल प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे।

विश्व बैंकले दिने अनुदान रकम पोखराको शहरी क्षेत्रका सडक र सिद्धार्थ राजमार्गको सुधारमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार ११:०२