बाँदरले ब्यापारीको ३ लाख रुपैयाँ लुटेर भागेपछि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बाँदरले ब्यापारीको ३ लाख रुपैयाँ लुटेर भागेपछि…



बाँदर बाठो मात्रै होइन चतुर जनावर पनि हो । उसले सबै कुरा बुझीरहेको हुन्छ र भईपरीआउँदा गरेर पनि देखाउँछ भन्ने कुराको उदाहरण हो भारतको उत्तर प्रदेशमा बाँदरले घटाएको एक लुटपाटको घटना । उत्तर प्रदेशको मथुरा नजिकै रहेको हाथरसमा एउटा बादरले एकजना ब्यापारीको ३ लाख रुपियाँ लुटेपछि हंगामा नै मच्चियो ।

बाँदरले हाथरसका सासनीको गाउँमा बस्ने शैलेश वार्ष्णेयको नानऊ रोडमा हिन्दुस्तान युनिलीवर लिमिटेडको दोकानमा नै पसेर उनको साथमा भएको ३ लाख रुपैयाँ लुटेर भागेको हो । एक्कासी पसलमा छिरेको बाँदरका आँखा पसलको पैसामा पर्यो र उसले झोला टिप्यो भाग्यो ।

बादरले पैसाको झोला नै टिपेर भागेपछि स्थानीयले बाँदरलाई पछाए । त्यसको धेरै बेरपछि पैसाको थैला एउटा घरको छतमा छोडेर भागेको भारतीय मिडियाले उल्लेख गरेको छ । जुन झोला स्थानीयले ब्यबसायी शैलेशलाई फिर्ता गर्दा त्यसमा २५ हजार रुपियाँ कम थियो। एजेन्सी । पुर्वेली खबरबाट

प्रकाशित : १९ श्रावण २०७३, बुधबार ०५:४२