पेट्रोलियम पदार्थको मुल्य घट्यो,यातायात भाडा कहिले घट्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पेट्रोलियम पदार्थको मुल्य घट्यो,यातायात भाडा कहिले घट्ने ?



काठमाडौं १९ साउन । लामो समयपछि पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले मूल्य समायोजन गरेको हो ।

बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको छ । निगमले घटाएको मूल्य राती १२ बजेबाटै लागू भएको छ ।

नयाँ मूल्य अनुसार मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ७३ पर्नेछ भने पेट्रोल मूल्य ९७ भएको छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर एक हजार तीन सय ७५ पर्ने छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले मूल्य समायोजना गरेको हो । पेट्रोलियम पदार्थको मुल्य घटेपनि यातायात भाडा घट्ने नघ्ने ? भन्न सकिने अवस्था छैन । पेट्रोलियम पदार्थको मुल्यमा एक रुपैया बृद्धि हुँदा १० देखि २० प्रतिशत भाडा बृद्धि गर्ने यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मुल्य पटक पटक घटेपनि भाडा समायोजन गरेको देखिँदैन ।

प्रकाशित : १९ श्रावण २०७३, बुधबार ०५:५५