खराब कर्जाले थला पार्यो प्रभुलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खराब कर्जाले थला पार्यो प्रभुलाई



parbhuकाठमाडौं १९ साउन । प्रभु बैंकले एक अर्ब १४ करोड ७८ लाख ४० हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षभन्दा नाफा १२ करोड ९५ लाख ९४ हजार रूपैयाँले बढाएको हो । प्रभुले अघिल्लो आर्थिक वर्षमा एक अर्ब एक करोड ८२ लाख ४६ हजार रूपैयाँ खुद नाफा बुक गरेको थियो ।
नाफा सामान्य ढंगले बढे पनि बैंकको खराब कर्जा अनुपात अत्याधिक बढी देखिन्छ । अपरिस्कृत वासलत अनुसार प्रभुको खराब कर्जा ८.३८ प्रतिशत छ । यसआधारमा बैंकले लाभांश दिन सक्ने अवस्था छैन ।
किस्ट र ग्रान्डलाई मर्ज गराएको प्रभुलाई अब खराब कर्जा सन्तुलनमा ल्याउने ठूलो चुनौती देखिएको छ ।
विगतमा ग्रान्ड बैंकको अवस्था नाजुक भएकाले एक अर्बभन्दा बढी राइट ब्याक गरे पनि खराब कर्जाको मात्रा अझै उच्च रहन गएको हो ।
पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रूपैयाँ चुक्ता पुँजी भएको बैंकको रिजर्भमा जम्मा ३६ करोड ६३ लाख २३ हजार रूपैयाँ जम्मा भएको छ । रिजर्भलाई बलियो बनाउने अर्को चुनौती पनि प्रभुले खेप्दैछ ।
बैंकको प्रतिसेयर आम्दानी १९.५२ रूपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ एक सय ६ रूपैयाँ २३ पैसा पुगेको देखिन्छ ।

प्रकाशित : १९ श्रावण २०७३, बुधबार ०६:०९