यस्तो बन्दै छ एमाले विधान महाधिवेशन स्थल(फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो बन्दै छ एमाले विधान महाधिवेशन स्थल(फोटो फिचर)



काठमाडौँ । एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको भट्टराईले जानकारी दिए । करिब पाँच हजार व्यक्ति विधान महाधिवेशनमा सहभागी हुनेछन्’, उनले न्युज कारखानासँग भने, ‘तर, सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् । बाँकीलाई बाहिर व्यवस्था गरिएको छ ।’

हल बाहिर स्क्रिन राखेर महाधिवेशन आयोजना गरिने भट्टराईले जानकारी दिए । ‘हलभित्र दुई हजार आठ सय ४० जना रहन्छन्’, उनले भने, ‘हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्रलाई सिंगारिएको छ । विनोद श्रेष्ठको नेतृत्वको टोली मञ्च व्यवस्थापनमा खटिएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिने प्रचारप्रसार संयोजक भट्टराईले जानकारी दिए ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १७:४८