कैलाश विकास बैंकको खुद मुनाफा ७२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कैलाश विकास बैंकको खुद मुनाफा ७२ प्रतिशतले बढ्यो



fitकाठमाडौं,  १९ साउन । १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कैलाश विकास बैंकले चौथो त्रैमासमा खुद मुनाफा ४३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७२ दशमलव ८३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा २५ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेपमा ६७ दशमलव ५१ प्रतिशतले वृद्धि गरी १५ अर्ब ७ करोड ६ लाख रुपैयाँ संकलन गरी कर्जामा १३ अर्ब २६ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७१ दशमलव ०२ प्रतिशतले वृद्धि हो  । बैंकको खुद व्याज आम्दानीमा ६५ दशमलव ६९ प्रतिशतले बढेर ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ८० दशमलव ९६ प्रतिशतले वृद्धि गरी ५२ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ५ करोड ४४ लाख रुपैयाँ राखिएको छ भने खराब कर्जा ३ करोड ४ लाख रुपैयाँ उठाएको छ । बैंकको जोखिम युक्त सम्पत्ति १६ दशमलव ०७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशत रहेको छ ।

प्रतिशेयर आम्दानी वार्षिक २७ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ११ दशमलव ८७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव ८९ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ८५ प्रतिशत रहेको छ ।

प्रकाशित : २० श्रावण २०७३, बिहीबार ०२:४३