मल्टिपल क्लियरिङ बैंक थप्ने तयारी तिब्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मल्टिपल क्लियरिङ बैंक थप्ने तयारी तिब्र



stockकाठमाडौं २० साउन । नेपाल स्टक एक्सचेन्जले मल्टिपल क्लियरिङ बैंक थप्ने कार्य अघि बढाउन लागिएको जानकारी दिएको छ ।

नेप्सेले निश्चित मापदण्ड तय गरी प्रतिस्पर्धात्मक ढंगबाट क्लियरिङ बैंक थप्न तयारी गरेको हो ।

हाल ग्लोबल आइएमई बैंकले क्लियरिङको काम गरेको भए पनि एउटामात्र क्लियरिङ बैंक भएकाले जोखिम बढेको छ ।

बढ्दो बजारमा मल्टिपल क्लियरिङ बैंकको आवश्यकताप्रति आफूहरू सजक रहेको नेप्सेले उल्लेख गरेको छ । धितोपत्र बोर्डले पनि क्लियरिङ बैंक थप्न नेप्सेलाई निर्देशन दिइसकेको छ ।

एउटामात्र बैंक हुँदा प्रणालीमा कुनै समस्या आएमा राफसाफ नै नहुने समस्या आउन सक्नेतर्फ लगानीकर्ता र विश्लेषकले पनि बारम्बार सचेत गराउँदै आएका छन् ।

सीडीएसको अहिलेको प्रणाली अनुसार एकभन्दा बढी क्लियरिङ बैंक राख्न मिल्दैन । यसका लागि सीडीएसले भेन्डर कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) सँग वार्षिक मर्मत सहमति (एएमसी) गरिसकेको जनाएको छ ।

अब छिट्टै टीसीएससँग छलफल गरी सिस्टममा मोडिफाई गर्ने काम अघि बढ्दैछ, नेपाल स्टक एक्सचेन्जले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : २० श्रावण २०७३, बिहीबार ०६:४६