बैंक अफ काठमाण्डु लुम्बिनीले १ अर्बको हकप्रद ल्याउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डु लुम्बिनीले १ अर्बको हकप्रद ल्याउँदै



20160715061903_Clipboard03काठमाडाै २० साउन  । बैङ्क अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चुक्ता पूँजी पुर्‍याउन हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मर्जरपछि नपुग हुन आएको चुक्ता पूँजी आन्तरिक माध्यमबाट पुर्‍याउन बैङ्कले त्यस्तो तयारी गरेको हो । नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार क वर्गका बैङ्कले २०७४ असार मसान्तसम्ममा चुक्ता पूँजी रू. ८ अर्ब पुर्‍याउनुपर्नेछ ।

गत आव २०७२/७३ र चालू आव २०७३/७४ सम्मको नाफाबाट बोनस शेयर जारी गरेपछि नपुग हुन आउने रकमका जोहो गर्न बैङ्कले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको बैङ्कका प्रमुख सञ्चालन अधिकृत एवम् प्रवक्ता प्रवीणप्रकाश क्षेत्रीले बताए । ‘चालू आवसम्मको २ बैङ्कको नाफाबाट बोनस शेयर जारी गरेपछि हामीसँग रू. ७ अर्ब चुक्ता पूँजी हुन्छ,’ उनले भने, ‘नपुग हुन आउने रू. १ अर्बका लागि हकप्रद शेयर निष्कासन गर्छौं ।’ उनका अनुसार बैङ्कका प्रवद्र्धकहरूबीच नमिलेको शेयर अनुपात यसैबेला मिलाउँदा पनि केही रकम थपिन्छ ।

आर्थिक वर्ष २०७२/७३ को अन्त्यमा बैङ्कको चुक्ता पूँजी रू. ४ अर्ब ९७ करोड पुगिसकेको छ । दुई पुराना बैङ्क अफ काठमाण्डू (बीओके) र लुम्बिनी मर्जर भएर बनेको बैङ्कमा बीओकेको रू. २ अर्ब ६७ करोड र लुम्बिनी बैङ्कको रू. २ अर्ब ३० करोड चुक्ता पूँजी रहेको थियो । यसमा दुवै बैङ्कले गतवर्ष वितरण गरेको बोनस शेयर पनि समावेश छ ।

बीओकेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी रू. २ अर्ब ६७ करोड पु¥याएको हो । लुम्बिनी बैङ्कले पनि बोनस शेयर वितरण गरी आप्mनो चुक्ता पूँजी रू. २ अर्बबाट रू. २ अर्ब ३० करोड पु/याएको थियो । मर्ज भएका बीओके २१ वर्ष र लुम्बिनी १८ वर्ष पुराना बैङ्क हुन् । ‘दुवै पुराना बैङ्क गाभिँदा बलियो वाणिज्य बैङ्क बन्नुका साथै विश्वासिलो अर्थतन्त्रको आधार निर्माण भएको छ,’ उनले थपे, ‘पुरानो बैङ्क पहिलो पटक मर्जर भएको हो ।’

मर्जरबाट बैङ्कको आकारमा वृद्धि हुनाका साथै जोखीम वहन गर्न सक्ने क्षमता अभिवृद्धि हुने तथा देशको वित्तीय पहुँचमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य बैङ्कले लिएको छ । बैङ्क अफ काठमाण्डू र लुम्बिनी बैङ्कले असार २९ बाट एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई संस्था गाभिएपछि बैङ्कको शाखा ७४ पुगेको क्षेत्रीले बताए ।

गत पुस दोस्रो साता (डिसेम्वर २४) का दिन चुक्ता पूँजी ८ अर्ब पु¥याउन दुई बैङ्क एकआपसमा गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । शेयर स्वाप रेसियो १ अनुपात शून्य दशमलव ८२ रहने सहमतिसँगै बैङ्कको नाम ‘बैङ्क अफ काठमाण्डू लुम्बिनी’ रहने सम्बन्धमा पनि सम्झौता भएको थियो । १ कित्ता साधारण शेयरको मूल्याङ्कन १ सय रुपैयाँ हुने हुँदा मर्जरपछि बैङ्कका शेयरधनीमध्ये बीओकेका शेयरधनीको प्रतिकित्ता रकम रू. १ सय र लुम्बिनीको रू. ८२ हुनेछ । आर्थिक अभियानले खबर छापेको छ ।

फाइल फोटो 

प्रकाशित : २० श्रावण २०७३, बिहीबार ०७:५४