पुँजी बजारमा उछाल,दिनभर ५२ करोड रुपैयाँको सेयर किनबेच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुँजी बजारमा उछाल,दिनभर ५२ करोड रुपैयाँको सेयर किनबेच



काठमाडौं । प्रमुख राजनीतिक दलहरुबीच संघीयता र शासकीय स्वरुपमा सहमती जुटेपछि पुँजीमा उछाल आएको छ । सोमबार राती भएको सहमतिले मंगलबारको पुजीबजारलाई उचालेको हो ।

दिनभर ५२ करोड रुपैयाँको सेयर किनबेच भयो । यो रकम औसत कारोबार भन्दा झण्डै दोब्बर हो । नेप्से परिसूचक दिनभरमा २१ अंकले बढ्यो । बजार ३५ अंक बढेर फेरि झरेको हो । बजार बन्द हुँदा नेप्से ९६६.५९ अंकमा रोकिएको हो ।  बजार खुल्नासाथ नेप्से उकालो लागेको थियो । एक घण्टा ढिला खुलेको बजारमा १४ मिनेटमै सर्किट ब्रेक लागेको थियो । १४ मिनेटमै बजार तीन प्रतिसतले बढेपछि सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि बजार खासै उकालो लागेन ।

बजारलाई हाइड्रोपावर, इन्स्योरेन्स र बैंकले माथि उठाएका हुन् । कारोबार भएका आठ वटै समूहको सूचक बढेको छ । नेपाल बैंक लिमिटेडको मात्रै  चार करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भयो । त्यस्तै एभरेष्ट बैंकको तीन करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भयो भने सानिमा, बैंक अफ काठमाण्डू र नेपाल लाइफ इन्स्योरेन्सको सेयर पनि दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भयो ।
मंगलबारको कारोबारमा बैंकिङ समूहको हावी भयो । प्रमुख कारोबार हुने १० कम्पनीमा आठ वटा बैंक छन् । बैंक बाहेक चिलिमे जलविद्युत र नेपाल लाइफ मात्रै यो समूहमा परे ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार ११:१५