‘युवासंग महालक्ष्मी लाईफ’को कार्यक्रम सम्पन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘युवासंग महालक्ष्मी लाईफ’को कार्यक्रम सम्पन



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्वन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवा संग महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ ।

सिटी कलेज विराटनगर प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगर संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गर्न भएको कार्यक्रममा जागरण अभियानका केद्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पारे ।

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरिएको छ ।

त्यसैगरि, आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासंग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे ।

कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका हुन् ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार १५:०२