मेटलाइफले सार्वजनिक गर्‍याे बीमितको बोनस दर, अधिकतम ८० रुपैयाँसम्म पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मेटलाइफले सार्वजनिक गर्‍याे बीमितको बोनस दर, अधिकतम ८० रुपैयाँसम्म पाउने



काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को बोनस दर सार्वजनिक गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको दरअनुसार बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले ०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ पाउनेछन् । यस बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० र २१ वा सो भन्दा माथि अवधिका बीमालेखमा ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्यूनतम ४५ रुपैयाँदेखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार १५:०७