नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक किन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक किन्ने



nibl-1.avi.Still001काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभपमेन्ट बैंकलाई खरिद गर्ने सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बैंक खरिद गर्ने सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंकका अध्यक्ष योगेन्द्र शाक्यले हस्ताक्षर गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको १ शेयर बराबर एस डेभलपमेन्ट बैंकको ०.४१ कित्ता शेयर हुने गरी सम्झौता गरेको बताइएको छ ।

बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड २६ लाख रुपियाँ रहेको छ भने एफपीओ निष्काशनपछि बैंकको रिजर्भमा ९ अर्ब ८३ करोड रुपियाँ रहेको छ । बैंकले गत आवको चैत्रमसान्तसम्म १ अर्ब ८३ करोड रुपियाँ खुद मुनाफा गरेको
छ ।
यता एस डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब रुपियाँ रहेको छ भने रिभर्जमा करिब ३० करोड ६५ लाख रुपियाँ रहेको छ । चैत्र मसान्तसम्म बैंकको खुद मुनाफा १४ करोड ३५ लाख रुपियाँ रहेको छ ।

प्रकाशित : २१ श्रावण २०७३, शुक्रबार ०९:३५