१८ खर्बको बजार धरापमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१८ खर्बको बजार धरापमा



काठमाडौं/ नेपालको सेयर बजार कुल १८ खर्ब रुपैंयाभन्दा माथिको छ । तर, यो बजार एकजना सन्काहा ब्यक्तिको निहित स्वार्थका कारण कुनै पनि बेला ध्वस्त हुने अवस्थामा पुगेको छ । सेयरको अनलाईन कारोवार हुने सफ्टवेयरको म्याद नाघेको चार बर्ष भैसक्दा पनि जबर्जस्ती चलाईरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अर्को नया“ ल्याउने भनिएको सफ्टवेयर झनै कमजोर र काम नलाग्ने अवस्थाको छ ।

money
धितोपत्र बोर्डले अन्तराष्ट्रियस्तरको बाहेक लोकल प्रचलनको सफ्टवेयर नकिन्न निर्देशन दि“दा दलालस“ग मिलेर बोर्डबिरुद्ध नै मुद्दा हाल्ने योजना बनाएका नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले झण्डै ४५ करोड रुपैंयाको घोटाला गर्ने भएका छन् । त्यसका लागि बोर्डको निर्देशनको अवज्ञा गर्दै नेप्सेले धमाधम सम्झौता गरिरहेको छ ।
नेप्सेले सफ्टवेयर खरिदका लागि एउटा भारतीय कम्पनीको नेपाली एजेन्टस“ग भित्री सम्झौता गरिसकेको छ । सोही कम्पनीको प्रतिनिधीस“ग महाप्रवन्धक थपलिया एक बर्षअघिदेखि नै पार्क भिलेज रिसोर्टमा नियमित मिटिङ गर्दै आइरहेका छन् । सो कम्पनीको सफ्टवेयर खरिद गरेवापत थपलियाको समुहले तत्काल ३ करोड रुपैंया नगद पाउने र बार्षिक मर्मत शुल्कको कमिशनको २५ प्रतिशत पाउने गरी कमिशनको रेट तय भएको नेप्सेका एक बरिष्ठ अधिकारीले जानकारी दिए ।
नेप्सेले भारतीय कम्पनी ‘ईन्फिनिटी कम्प्युटर सोलुसन्स’सग नया सफ्टवेयर खरिद गर्ने सम्झौता गरेको हो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुण्ँस्तरमा प्रश्न चिन्ह उठाउ“दै नेपाल धितोपत्र बोर्डले नेप्सेस“ग स्पष्टीकरण्ँ मागेको थियो । बोर्डले सो सफ्टवेयरले नेपाली बजार धान्न नसक्ने र भोलिका लागि अन्तराष्ट्रिय बजारस“ग जोडिन सक्ने तथा लगानीकर्ताले नै अनलाईन कारोवार गर्न सक्ने खालको सफ्टवेयर खरिद गर्न निर्देशन दिएको थियो ।
अदालतको उपयोग
धितोपत्र बोर्डले अत्याधुनिक सफ्टवेयर खरिदका लागि निर्देशन दिएपछी नेप्सेले बोर्डबिरुद्ध अदालत जान भारतीय कम्पनीका नेपाली एजेन्टलाई सुझाव दिए । नेप्से महाप्रवन्धक थपलिया र एजेन्टबिचको मिलेमतोमा भारतीय कम्पनी ईन्फिनिटीको नेपाली प्रतिनिधी (एजेन्ट) वाइसीओ इन्कर्पाेरेशनले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर मुद्दामा भने उसले नेप्सेलाई पनि बिपक्षी बनाएको थियो । यो सब योजनाबद्ध रुपमा सोही कम्पनीको सफ्टवेयर किन्ने मिलेमतोमा भएको थियो ।
नेप्सेस“ग भएको पुर्वसम्झौता अनुसार आफ्नो सफ्टवेयर खरिद गर्नुपर्ने माग राख्दै एजेन्ट कम्पनी अदालत गएपछि नेप्सेले पनि उसैलाई फाईदा पुग्नेगरी प्रत्यूत्तर लगाएको थियो । नेप्सेले सफ्टवेयर खरिद नगर्ने आफ्नो मनसाय नभएको जवाफ दि“दै आफुहरु सम्झौता बमोजिम सफ्टवेयर खरिदका लागि तयार रहेको जवाफ अदालतलाई दिएको थियो ।
नेप्सेको सम्झौता उल्लंघन गर्ने मनासाय नरहेको भन्ने जवाफकै आधारमा जिल्ला अदालतले एजेन्ट कम्पनीलाई नै सजिलो हुने गरी आदेश दिएको थियो । तर अदालतको आदेशको पूर्णपाठ नआउ“दै नेप्सेले भने अदालतको आदेश बमोजिम भन्दै सफ्टजेयर खरिद प्रक्रिया अघि बढाइसकेको छ । उसले बोर्डलाई पनि अदालत र अख्तियारको आदेश आएको भन्दै सोही कम्पनीस“ग सफ्टेवयर खरिद गर्ने आफ्नो मनसाय देखाईसकेको छ ।

अख्तियारलाई पनि मुछियो
हरेक बैठक र सार्वजनिक जमघटमा आफुलाई पूर्व अर्थमन्त्री डा. रामशरण महतको सबैभन्दा नजिकको व्यक्ति बताउने नेप्से महाप्रवन्धक थपलियाले अख्तियारको निर्देशनमा आफुले सो कम्पनीस“ग सफ्टवेयर खरिदको सम्झौता गरेको बताउने गरेका छन् । यसअघि अर्थमन्त्रालय र धितोपत्र बोर्डमा भएको छलफलमा उनले पटक पटक अख्तियारस“गको सल्लाहमा आफुले सो निर्णय गरेकाले खरिद प्रक्रिया नरोक्न उनले अप्रत्यक्ष रुपमा धम्क्याएका थिए । उनले सफ्टवेयर खरिदका लागि अख्तियारस“ग सहमति पत्र समेत ल्याएका छन् । सोही पत्रको आधारमा उनले मन्त्रालय र बोर्डका अधिकारीहरुलाई धम्क्याउने गरेका छन् ।
सफ्टवेयर खरिदमा राम्रै चलखेल भएको आशंका गरे पनि अर्थ मन्त्रालयका एक अधिकारीले सेयर बजारस“ग भने, ‘हामीले रोक्न सकेनौं, ठुलाबडा नै लागेपछी के गर्न सकिन्छ र ?’ उनका अनुसार सफ्टवेयर विक्रेता कम्पनीले डा. महतदेखि वर्तमान अर्थमन्त्रीलाई समेत प्रभावमा पारिसकेका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको समेत नाम लिएर मन्त्रालयका अधिकारीहरुलाई धम्क्याईन गरिएको थियो । अख्तियारको स्वार्थको कुरा आएपछी सरकारी अधिकारीहरु केही बोल्न नसक्ने भएकाले यसरी दुरुपयोग गरिएको बताइएको छ ।

कति पैसा तिरि“दैछ ?
बोर्डको निर्देशनको अवज्ञा गर्दै भारतीय कम्पनीको नेपाली एजेन्टस“ग १९ करोड ९० लाख रुपैंया तिर्नेगरी खरिद सम्झौता गरिसकेका छन् । त्यसमा १० करोडमा सफ्टवेयर र ९ करोडमा हार्डवेयरवापतको रकम तिरिने बताइएको छ । हस्ताÔर भएको १४ महिनामा कम्पनीले सफ्टवेयर हस्तान्तरण्ँ गरिसक्नु पर्ने व्यवस्था सम्झौतामा छ ।
१० करोडको सफ्टवेयरका लागि ९ करोडको हार्डवेयर सामान कुनै पनि हालतमा नलाग्ने बिज्ञहरु बताउ“छन् । कम्तिमा ४–५ करोडको हार्डवयर भए जत्ति पनि पुग्छ तर तह तहमा कमिशनको जालो भएकाले यसरी रेट बढाइएको हो ।
उता सफ्टवेयर खरिदको २० करोड भए पनि त्यसको जडान र मर्मतको खर्चको आकार सुन्ने हो भने आत्यास लाग्ने अवस्था छ । नेप्सेले सोही सफ्टवेयरको नियमित मर्मत संभारको लागि छुट्टै कम्पनीलाई ठेक्का दिने सम्झौता गर्दैछ । त्यसका लागि बार्षिक ५ करोड रुपैंया भुक्तानी दिने तय भैसकेको छ । ५ बर्षका लागि गरिने यस्तो सम्झौतामा पहिलो बर्ष मर्मत शुलकबापत ५ करोड तिर्ने र हरेक बर्ष १० प्रतिशतका दरले बृद्धी गरिने गरी सम्झौता गर्ने योजना बनाइएको छ ।
सफ्टवेयर मर्मत भनेको कुनै गाडीको मर्मत जस्तो हैन । यसमा खासै खर्च लाग्ने पनि हैन । तर पनि नेप्से महाप्रवन्धक थपलियाले आफु पदबाट हटेपछी पनि लामो समयसम्म राम्रो कमिशन आईरहने हुनाले बढी रकम दिएर लामो समयको सम्झौता गर्न लागेका हुन् । ५ बर्षको यो सम्झौता भएमा मर्मतका लागि मात्रै नेप्सेले ३५ करोड रुपैंया तिर्नुपर्ने हुन्छ । सफ्टवेयरको मुल्य यसमा जोड्ने हो भने कुल रकम ५५ करोड सिद्धिन्छ ।

बजार नै धरापमा
अत्याधुनिक प्रविधी भनिए पनि नेप्सेको काम गराईले कुनै पनि दिन सिस्टम क्र्यास हुने अवस्था छ । यदी त्यस्तो भएमा १८ खर्बको बजारको हिसाव क्षणभरमै गोलमाल हुन्छ । कतिसम्म भने कारोवारको सर्भरको सुरक्षाको लागि यसअघि सिंगापुरमा एउटा छुट्टै सर्भर राख्ने योजना तय भए पनि काम हुन सकेन ।
अहिले सेयरको सबै कारोवार सिडिएसमार्फत हुन्छ । तर, भारतीय सरकारले सित्तैमा दिएको सिडिएसको सफ्टवेयर मर्मतको लागि अहिलेसम्म कुनै पनि कम्पनीले जिम्मा लिएको छैन । सोही कारण सामान्य समस्या आउ“दा पनि कारोवार बन्द गर्नुपर्ने अवस्था छ । सिडिएस सिस्टम चलेको २ बर्ष हु“दा पनि अहिलेसम्म एएमसी नभएकाले नेप्सेले कुनै काम गर्नुप¥यो भने सफ्टवेयरका कारण संभव छैन भनेर पन्छिने गरेको छ । यसअद्धि बोर्डले क्लिएरिङ बैंक थप्नका लागि दिएको निर्देशन पनि सफ्टवेयरको बहाना देखाएर पन्छेको थियो ।

डेट एम्क्सपायर सफ्टवेयर
एशियाली विकास बैंकको सहयोगमा २०६४ सालमा अटोमेशन सिस्टम जडान गर्नुअघि नेपालको सेयर कारोवार नेप्सेको ठुलो हलमा ब्रोकरहरु मुखैले कराएर गरिन्थ्यो । त्यतिबेला ट्रायलको लागि भनेर ३ करोड खर्चमा जडिएको सफ्टवेयर बढीमा ५ बर्ष धान्न सक्ने भनिएको थियो । सफ्टवेयरको म्याद नाघेको पनि ४ बर्ष भैसक्यो । म्याद पुगेपछी सिस्टम अपडेट गर्ने वा फेर्नुपर्ने निर्माता कम्पनीले बताएको भए पनि विगत चार बर्षदेखि अलपत्र छ ।
धितोपत्र बोर्डले अबको नेपाली पु“जी बजार अन्तराष्ट्रियस्तरको हुनुपर्ने भन्दै सोही अनुरुपको सेवा दिन सकिने असफ्टवेयर जडान गर्नका लागि नेप्सेलाई पटक पटक निर्देशन दिएको छ । तर, नेप्सेले बोर्डको सो निर्देशनको अवज्ञा गर्दै भारतीय कम्पनीको सफ्टवेयर जडान गर्ने तयारी गरेको छ । महाप्रवन्धक सिताराम थपलियाको पदावधी अब बढीमा एक बर्ष बा“की छ । सोही कारण पनि उनी आफ्नै कार्यकालमा सफ्टवेयर खरिद र बार्षिक मर्मत सम्झौता गरी पछीसम्म करोडौं कमिशन खाने दाउमा छन् ।
नया“ कारोबार प्रण्ाँली भित्र्याउने बारेमा काठमाडौ जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । नेप्सेको नया“ सफ्टवेयर आपुर्ति गर्न छनौट भएको कम्पनी वाइसिओले जिल्ला अदालतमा नेप्से र नेपाल धितोपत्र बोर्ड बिरुद्ध मुद्दा दायर गरी आफुले सफ्वेयर बिक्री गर्न पाउनुपर्ने दावी गरेको थियो । तर, नेप्सेले आफु खरिदका लागि तयार रहेको जवाफ दिएपछी मुद्दा खारेज भएको हो । गत सोमबार कार्यालय समय सकिनै लाग्दा जिल्ला अदालतको ईजलासले यस मुद्दामा आफ्नो फैसला दिएको बताईएको छ ।
नेपाल धितोपत्र बोर्डले नेप्सेलाई झण्डै चार महिना अघि नया“ कारोबार प्रण्ाँली जडान गर्न कडा निर्देशन दिएको थियो । बोर्डले अन्र्तराष्ट्रिय बजारमा परीÔण्ँ भएको, बिदेशबाट समेत अनलाईन सेयर कारोबार गर्न मिल्ने कारोबार प्रण्ाँली भित्रयाएर हालको प्रण्ाँलीलाई बिस्थापन गर्न भनेको थियो । तर हालकै जस्तो घरेलु प्रण्ाँली जडान गर्न धितोपत्र बोर्डको निर्देशनले बाधा पु¥याएपछि नेप्सेस“गको मिलेमतोमा वाईसियो अदालत गएको थियो ।सेयर बजार साप्ताहिकबाट

प्रकाशित : २१ श्रावण २०७३, शुक्रबार १५:४७