प्यान्डोरा पेपर्सः ट्याक्स हेभन देशमा पाकिस्तानी अर्थमन्त्रीसहित सात सय जनाको कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

प्यान्डोरा पेपर्सः ट्याक्स हेभन देशमा पाकिस्तानी अर्थमन्त्रीसहित सात सय जनाको कारोवार



इस्लामावाद । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ देशमा पाकिस्तानका सात सय जनाले ‘अफशोर कम्पनी’ मा कारोवार गरेको सार्वजनिक भएको छ । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीको दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो । 

गैरकानुनी ढंगले सम्पत्ति लुकाउनेमा अर्थमन्त्री शौकात तरिन, सिनेटर फैसल भाउदा, पाकिस्तान मुस्लिम लीग–क्वूका नेता चौधरी मुनिस इलाही, उद्योगमन्त्रीका परिवार, पीटीआई नेता अब्दुल अलिम खानसहित सात सय जनाको नाम उल्लेख छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वारम्वार नयाँ पाकिस्तान बनाउने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री इमरान खानकै भित्री वृत्तका मानिस र सरकारका मन्त्रीहरु पान्डोरा पेपर्समा मुछिएका छन् ।  

आईसीआईजेको सूचीमा सेनाका केही सदस्य र ठूलो संख्यामा उद्योगी रहेको जनाइएको छ । आईसीआईजेको तर्फबाट पाकिस्तानका खोज पत्रकार उमर चिमा र फकहर दुरानी पनि अनुसन्धानमा सहभागी थिए । 

प्रकाशित : १८ आश्विन २०७८, सोमबार ०८:३२