मापदण्ड विपरीत घर बनाउने क्रम रोकिएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मापदण्ड विपरीत घर बनाउने क्रम रोकिएन



काठमाडौं । मापदण्ड विपरीत घर बनाउने काम अझै रोकिएको छैन । भूकम्पछि नक्सा पास गरिसकेको भन्दै धेरैले मापदण्ड विपरित दुई तलाभन्दा माथि घर बनाउन थालेको पाइपछि सरकारले कारबाही थालेको छ ।


भूकम्पपछि असार मसान्तसम्म दुईतला भन्दा माथि घर बनाउन रोक लगाएपनि त्यस विपरीत घर बन्न थालेपछि त्यसलाई रोक्न काठमाण्डू महानगरपालिकाले नगर प्रहरीलाई खटाएको छ ।

५ क्षेत्रमा नगर प्रहरीलाई खटाएर दुई तला भन्दा अग्ला बन्दै गरेका  र नक्सा पास नगराइकनै बनाउन थालेका घरको सामान जफत गर्न थालिएको महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार नियम विपरीत घर बन्दैछ भने तत्काल नगर प्रहरीले रोक्नेछ ।

अहिले बन्दै गरेको घरको निर्माण सामग्री जफत मात्र गरेको तर पछि घर भत्काउन समेत सकिने भएकाले नियमको पालना गर्न उहाँको आग्रह छ । नियम मिचेर कसैले यस्ता घर बनाउँदैछ भने तत्काल जानकारी गरादिन पनि उहाँले सबैसँग आग्रह गरे

प्रकाशित : २७ जेष्ठ २०७२, बुधबार ०३:०९