मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आइपि‌ओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आइपि‌ओ निष्कासन गर्ने



काठमाडाै‌ं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि चार करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ। जसका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौता बिहीबार मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

वि.स. २०७५ सालमा स्थापना भएको कम्पनीको एक अर्व अधिकृत पूँजी र ४० करोड जारी पूँजी रहेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ ।

कम्पनीले विभिन्न कृषि व्यवसायी, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण गर्दै आइरहेको छ ।

साथै कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दै देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल बताउँछन ।

कम्पनीले यहि वर्षको चैत्र मसान्त भित्र शेयर निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहीबार १५:०८