चन्द्रागिरिको सेवा केन्द्र ललितपुरमा, सदस्यहरुले चाहेको सेवा दिन संस्था तयार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरिको सेवा केन्द्र ललितपुरमा, सदस्यहरुले चाहेको सेवा दिन संस्था तयार



काठमाडाैं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शुभतारा सेवाकेन्द्र ललितपुरमा आज उद्धघाटन भएको छ । सेवाकेन्द्रको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले उद्धघाटन गरेका हुन ।

संस्थाको उक्त सेवा केन्द्रमा आजै थप २१० जनाले सदस्यता लिन निवेदन दिएका छन् । साविकको शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था विच एकीकरण प्रकृया सम्पन्न भई उक्त सेवाकेन्द्र सञ्चालन भएको हो ।

सभामा संस्थाका अध्यक्ष योगेन्द्र कुँवरले यस क्षेत्रका सदस्यहरुले चाहेको सेवा दिन संस्था तयार रहेको बताए । उनले सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने विश्वास बताए । कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा खुसी ब्यक्त गरे ।

उनले सहकारी क्षेत्रको छबी राम्रो बनाउनमा पनि योगदान रहने गरी चन्द्रागिरिले पायोनियर संस्थाको भूमिका खेल्न सक्ने बताए । कार्यक्रममा महामञ्जुश्री आवास विशिष्टीकृत सहकारी संघका अध्यक्ष मुकुन्दप्रसाद दहाल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहकारी एकिकरण प्रकृया देखि संस्थाको योजनाका बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । उनले संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा समेत प्रस्तुतीकरण गरेका थिए ।

सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक ऋषिराम घिमिरेले चन्द्रागिरि र शुभताराको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गर्दै सदस्यहरुलाई निर्धक्क संस्था संग कारोबार गर्न आग्रह गरे । उनले संस्था एकिकरण पछि सदस्यले पहिला भन्दा धेरै सेवा तथा सुबिधा पाउने अवस्था रहेको बताए । संस्थाको उक्त सेवाकेन्द्र ललितपुरमा दोस्रो हो ।

प्रकाशित : २१ आश्विन २०७८, बिहीबार २३:०८