रोयल सहकारीद्धारा सदस्यको बीमा रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

रोयल सहकारीद्धारा सदस्यको बीमा रकम भुक्तानी



काठमाडाैं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीद्धारा सदस्यको बीमा बापतको ६ लाख वढी रकम भुक्तानी गरेको छ । संस्थाले आज एक कार्यक्रम गरी बीमा दावी भुक्तानी बापतको ६ लाख ३२ हजार रुपैया बीमकलाई दिएको हो ।

संस्थाको फर्पिङ सेवा केन्द्र अन्तर्गतका सदस्य राम गदेल कामीको एक वर्ष अघि निधन भएको थियो । उनले सहकारी मार्फत बीमा गराएका थिए । ३७ वर्षका सदस्य गदेल ज्वरोका कारण मृत्यु भएको उनकी श्रीमती सीता गदेलले जानकारी दिइन । उनले सहकारी संग सदस्य भएर कारोबार गर्दै आएका थिए ।

बीमा बापत एक किस्ता बापत ५० हजार ३०४ रुपैयाँ बुझाएका गदेलले सहकारी मार्फत बीमा कार्यक्रममा सहभागी भएकाा थिए । कार्यक्रममा संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले सहकारलिे सदस्यको आवश्यकताका आधारमा सेवा दिनुपर्ने बताए ।

उनले सदस्यलाई संस्थाका हरेक सेवासंग जोडन सके जीवनको कुनै दिन सदस्य तथा उनमा आश्रित परिवारलाई राहत पुग्ने बताए । संस्थाले ३ हजार ७३ जनाको जीवन बीमा गराएको र १ अर्व दुई करोड बढी बीमा बापतको बीमाङ्क बुझाइसेको जानकारी दिए ।

अहिलेसम्म ६ जनाको बीमा दावी भुक्तानी गरिसकेको जनाए । संस्थाले नेशनल लाइफ इन्सुरेन्स संग सहकार्य गरेको छ । संस्थाले कम्पनीका प्रतिनिधिको रोहवरमा संस्थाका अध्यक्ष भानुभक्त ढकाल, प्रवन्ध संचालक सीताराम काफ्लेलगायतले बीमकलाई चेक हस्तान्तरण गरेका थिए ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार २१:५३