बुडोल सामुदायिक साकोसको क्यूआर कोड सेवा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकोसको क्यूआर कोड सेवा सुचारु



काभ्रे । बुडोल सामुदायिक साकोसले सदस्यहरुका लागि क्यूआर कोड सेवाको शुरुवात गरेको छ । संस्थाका अध्यक्ष कैलाश के.सी. एवं कोषाध्यक्ष राधेश्याम के.सी.ले एक अनौपचारिक कार्यक्रममार्फत् सदस्यलाई क्यूआर स्ट्याण्ड प्रदान गरी सेवाको शुभारम्भ गरे ।

संस्थामा आबद्ध सदस्यहरुले अब आफ्नो व्यापार व्यवसायमा हुने कारोबारको भुक्तानी सिधै बुडोल सामुदायिक साकोसको आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । सदस्यहरुले कारोबार सम्पन्न हुने बित्तिकै आफ्नोे मोबाईलमा अलर्ट म्यासेज प्राप्त गर्ने छन् ।

सबल, सुरक्षित र प्रविधियुक्त सर्वोत्कृष्ट साकोस भन्ने परिकल्पना बोकेको संस्थाले उच्चतम् प्रविधिहरुको प्रयोगबाट सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आईतवार २१:३१