नयनसिंहलाई जिताउनु, म जीतजंगलाई सम्झाउँछु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयनसिंहलाई जिताउनु, म जीतजंगलाई सम्झाउँछु



काठमाडौं  २५ साउन। विवादका कारण नेविसंघको बन्दसत्र लम्बिइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको आधिकारिक उमेदवार नयनसिंह महर भएको बताएका छन् ।

सोमबार राति १० सवा बजे कांग्रेस सभापति देउवाले महरलाई आधिकारिकता दिने निर्णय गरेका हुन् । आफ्ना निकटस्थ नेताहरुसँगको छलफलपछि देउवाले महरलाई जिताउन निर्देशन दिदैँ जीतजंगलाई अध्यक्षको दाबीबाट फिर्ता गराउन आफूले सम्झाउने बताए ।

‘अब संस्थापन पक्षका आधिकारिक उमेदवार नयनसिंह महर हुने निश्चित भएको छ’, कांग्रेस नेता मीन विश्वकर्माले अनलाइनखबरसँग भने, ‘पार्टी सभापतिले महरलाई जिताउन निर्देशन दिनुभएको छ ।’

कांग्रेसको भातृ संगठन नेविसंघको अधिवेशन आइतबारदेखि राजधानीको भृकुटीमण्डपमा जारी छ ।

नेविसंघमा देउवा पक्षबाट महरसहित जीतजंग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की र सरोज यादवलगायतले अध्यक्षमा दाबी गर्दै आएका छन् ।

त्यस्तै रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्यको टुंगो लागेको छ । प्ाौडेल पक्षबाट अध्यक्ष दाबी गरेका आनन्द त्रिपाठी र दीपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी छ । पौडेल पक्षबाट उर्मिला थपलिया पनि महामन्त्रीकी दाबेदार छिन् ।

त्यसैगरी कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दन काˆलेलाई अघि सारिएको छ । उनलाई नेविसंघका पूर्वनेताहरु गगन थापा र प्रदीप पौडेलले समर्थन गरेका छन् ।

प्रतिनिधि विवादले बन्दशत्र प्रभावित

सोमबारदेखि बन्दसत्र सुरु हुने भनिए पनि उमेदवार विवादका कारण सुरु हुन सकेको छैन । नौ वर्षपछि महाधिवेशनमा होमिएको नेविसंघमा प्रतिनिधि विवाद र उमेदवारका आकांक्षी धेरै भएपछि समस्या आएको छ ।

सोमबार विहान ११ बजेबाट सुरु हुने भनिएको बन्दशत्र प्रतिनिधि छनोट सम्बन्धी विवादका कारण सोमबार स्थगित भएको हो ।

नेविसंघ महाधिवेशनमा ३३ सय प्रतिनिधि सहभागी छन् । यीमध्ये करिब १ हजार प्रतिनिधिको विवाद सुल्भिmएको छैन । ११ जिल्ला समिति र अधिवेशन नभएका क्याम्पसहरुबाट भागबन्डाका आधारमा छानिएका प्रतिनिधिको आधिकारिकतामाथि प्रश्न उठेको छ ।

विवादित प्रतिनिधिमध्ये पौडेल पक्षलाई ५५ प्रतिशत, देउवा पक्षलाई ४५ र सिटौला समूहलाई ३० प्रतिशत दिने गरी भागबन्डा गर्न लागिएको भन्दै विद्यार्थी नेताहरुवीच विवाद भइरहेको छ । अनलाइनखबरबाट

प्रकाशित : २५ श्रावण २०७३, मंगलवार ०१:२८