रैराङ हाइड्रोपावरले १४ लाख कित्ता आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रैराङ हाइड्रोपावरले १४ लाख कित्ता आइपिओ जारी गर्ने



Rairang-Hydro-power-Nepal-1024x369काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।कम्पनीले स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । रैराङ हाइड्रो पावरले एक सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । यसका लागि कम्पनीले एस क्यापिटल लिमिटेडसँग सेयर निष्काशन सम्झौता गरेको छ । सेयर निष्कासन सम्बन्धी सम्झौतामा एस क्यापिटलको तर्फबाट प्रबन्ध संचालक पुर्णचन्द्र दहाल र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी प्रमुख गुरुप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । रैराङ हाइड्रो अरूणभ्यालीकै सहायक कम्पनी हो । यो कम्पनीले ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना निमार्ण गर्देछ । २०७३ को अन्त्यसम्ममा यो आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य कम्पनीको छ ।

प्रकाशित : २५ श्रावण २०७३, मंगलवार १२:२४