प्रहरी महानिरीक्ष उपेन्द्रकान्त अर्याल मापसे कक्षमा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रहरी महानिरीक्ष उपेन्द्रकान्त अर्याल मापसे कक्षमा !



upendra-kantaकाठमाडौं, २६  साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखामा छड्के जाँतका लागि पुगेका प्रहरी महानिरीक्ष उपेन्द्रकान्त अर्याल मापसे कक्षमा सहभागी भए । महाशाखा परिसरको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुंदाहुंदै एक ब्यक्ति टेन्टभित्र छिरे र मापसेकर्ता चालकसंगै कक्षामा सहभागी भए ।

तर, ती मापसे गरेर सवारी चलाएर नियम उल्लघंनकर्ता चालक हैन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल थिए जो ट्राफिक महाशाखाको गतिविधीको छड्के निगरानीका लागी आएका थिए । यसअघि प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोको छड्के निगरानीमा गएका अर्याल मंगलबार रामशाहपथमा रहेको ट्राफिक महाशाखाको गतिविधी हेर्न कार्यालयमा पुगेका थिए ।

छड्केमा आईजीपी अर्यालसँगै सहभागी स्रोतका अनुसार लेन अनुशासनको नाममा ट्राफिक प्रहरीले दुख दिएको बढी गुनासो आएको थियो । सडकमा संकेत चिन्ह नुहँदा चालक झुक्किने गरेको ट्राफिकको व्यवहार रुखो हुने गरेको गुनासो आइजीपीलाई सुनाएका थिए । आजको राजधानी दैनिकबाट ।

प्रकाशित : २६ श्रावण २०७३, बुधबार ०३:००