एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मत



ajay_shresthaकाठमाडौं, २७ साउन  । बैंक अफ काण्ठमाण्डौ लुम्बिनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा सर्वसम्मतले चयन भएका छन् । एनबीआई को ८१ औं सञ्चालक समितिको बैंठकले सञ्चालक समितिमा रिक्त रहेको अध्यक्षको पदमा विद्यमान सञ्चालक मध्येबाट श्रेष्ठलाई सर्वसम्मतले चयन गरेको हो ।

एनबीआईको सञ्चालकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ पनि नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाको उद्देश्य अनुसार बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा आवश्यक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट ), नेपाल बैंकर्स संघ (NBA) को प्रयासमा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ अन्तर्गतका सदस्य बैंकहरु तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर को लगानीमा स्थापित संस्था हो ।

प्रकाशित : २७ श्रावण २०७३, बिहीबार ०३:०१