अर्थमन्त्री महत भारत प्रस्थान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थमन्त्री महत भारत प्रस्थान



काठमाडौं । अर्थमन्त्री डा रामशरण महत भारतको तीनदिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली गएका छन् । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उनी भारत गएका हुन् ।

भ्रमणक्रममा महतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई पक्षीय छलफल गर्नुहुनेछ ।

भारतमा नेपालीहरुको बैंक खाता सन्चालन, भारु ५०० तथा १००० का नोटसम्बन्धी विषय, भारतमा नेपाली उत्पादनहरुले ब्योहोर्दै आएको काउन्टरभेलिङ ड्युटी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्तारका बारेमा पनि छलफल हुनेछ ।

अर्थमन्त्री महतले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

दातृ निकायहरुको सम्मेलन आगामी आषाढ १० गते काठमाडौंमा आयोजना हँुदैछ ।

प्रकाशित : २७ जेष्ठ २०७२, बुधबार १२:५६