एनएमबी बैंक अर्बपतिको सूचीमा उक्लियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी बैंक अर्बपतिको सूचीमा उक्लियो



nmbकाठमाडौं २७ साउन ।  एनएमबी बैंक पनि अर्बपतिको सूचीमा उक्लिएको छ । बैंकले आर्थिक वर्ष २०७२–७३ मा एक अर्ब १५ करोड तीन लाख १२ हजार रूपैयाँ खुद नाफा गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
अघिल्लो वर्ष भन्दा एनएमबीले नाफा ६४ करोड ६५ लाख आठ हजार रूपैयाँ वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले जम्मा ५० करोड ३८ लाख चार हजार रूपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकले ब्याज आम्दानीमा भारी बढोत्तरी गरेकाले समग्र नाफा आकर्षक देखिएको हो । यसअवधिमा बैंक खुद ब्याज आम्दानीमात्रै दुई अर्ब एक करोड ३२ लाख ८२ हजार रूपैयाँ कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ९६ करोड हाराहारीमात्र थियो ।
चार अर्ब ४८ करोड ६९ लाख २४ हजार रूपैयाँ चुक्ता पुँजी भएको एनएमबीको रिजर्भमा दुई अर्ब ४६ करोड ३७ लाख ८४ हजार रूपैयाँ पुगिसकेको छ ।
बैंकले व्यापार विस्तारलाई पनि आक्रामक ढंगले अघि बढाउँदैछ । ६४ अर्ब ७८ करोड १४ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब आठ करोड २४ लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको छ ।
बैंकले डलर कारोबारबाट मात्रै १६ करोड दुई लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । सम्भावित जोखिमका लागि ५१ करोड ५३ लाख रूपैयाँ छुट्याएको एनएमबीले ६३ करोड ५५ लाख ५९ हजार रूपैयाँ राइट ब्याक गर्न सफल भएको देखिन्छ ।
एनएमबीको खराब कर्जा १.७४ प्रतिशत छ । यो तुलनात्मक रूपमा केही बढी हो । कोषको लागत ४.०१ प्रतिशत, प्रतिसेयर आम्दानी २८.६६ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.९१ रूपैयाँ रहेको छ ।

प्रकाशित : २७ श्रावण २०७३, बिहीबार ०३:०९