पुदिनाका अनेक फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुदिनाका अनेक फाइदा



pudina-648x330-डा. बाबुराजा अमात्य
वरिष्ठ आयुर्वेदिक चिकित्सक
पुदिना अचारका रूपमा भान्सामा प्रयोग गर्नेदेखि लिएर औषधिका रूपमा पनि प्रयोग हुन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा नै गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा पाइने यो जडीबुटी जुठेल्नामा पनि हुर्काउन सकिन्छ ।  भान्सामा अचार बनाइने पुदिना ठूला औषधि कम्पनीहरूले धेरै मात्रामा खेती गरेर औषधि बनाउन प्रयोग गर्छन् । पुदिनाका फाइदा यस्ता छन् :

के हुन्छ पुदिनामा ?
पुदिनामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेड, फोस्फोरस, क्याल्सियम, आइरन, केही मात्रामा निकोटिन र अम्ल हुन्छ । यसको सबैभन्दा धेरै मन पराइने सुगन्धित तेल पातमा बढी हुन्छ । यसको  स्वाद हल्का पिरोपिरो र टर्रो हुने गदर्छ ।

यसलाई आयुर्वेदिक भाषामा उष्ण विधि(गरम प्रजाति) हुने जडीबुटीमा लिइन्छ । त्यसैले कफबाट हुने एलर्जीलाई हटाउन यसको प्रयोग गरिन्छ । त्यसैगरी, यसमा परपराउने गुण भएकाले दुखाइ कम गर्ने क्षमता पनि रहेको हुन्छ । मुख तथा शरीरमा दुर्गन्ध छ भने यसको कोरस (झोल बनाएर) छर्कँदा त्यो गन्ध हटेर जान्छ । साथै, यसले अन्नबालीमा एन्टिसेफ्टीको पनि काम गर्छ । जसलाई अन्नबाली राखेको ठाउँमा छर्कँदा घुन–पुत्ली लाग्दैन ।

प्रमुख काम ?
यसले रोचन पाचन (खाना रुचिकर बनाउने)को काम गर्छ भने दीपन पाचन (पाचन गर्नका लागि चाहिने ताप) उत्पन्न गराई पचाउन पनि सहज बनाइदिन्छ । कसै–कसैलाई खाना खानसाथ वाकवाकी लाग्ने सामस्या छ भने यो सेवन गर्दा त्यस्तो समस्या हटेर जान्छ ।

प्रयोग

  • आयुर्वेदिक औषधिमा पुदिनाको पातमा रहेको तेल प्रयोग गरी स्वादिलो बनाइएको हुन्छ ।
  • यसको रसलाई निचोरेर सीधै प्रयोग गर्न पनि सकिन्छ ।
  • पुदिनालाई पकाएर वा नपकाई निचोरेर त्यसको रस राखेर प्रयोग गर्न सकिन्छ । यस्तो रस पेट दुखाइको समस्या हुँदा सेवन गर्नु राम्रो हुन्छ ।
  • पुदिना अचार र औषधि दुवै रूपमा प्रयोग गरिने हुँदा यति नै मात्रा खाने भन्ने हुँदैन । आवश्यकता र उपलब्धताअनुसार प्रयोग गर्न सकिन्छ ।
  • विशेषगरी, यसको पात नै धेरै प्रयोग गर्ने गरिन्छ खाना पचाउन वा रुचाउन यसले मद्दत गर्छ । पुदिना एकपटक रोपिसकेपछि धेरै वर्षसम्म पटक–पटक पात टिपेर प्रयोग गर्न सकिन्छ । खाेसाखाेसडटकमबाट

प्रकाशित : २७ श्रावण २०७३, बिहीबार ०३:३०