काठमाडौंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र



काठमाडौं, २८ साउन  । मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो ।

प्रसारण लाइन निर्माणका लागि पाएको चीनको इन्टरनेसनल कम्पनी र तारको निर्माण ठेक्का लिएको भारतको इकम कम्पनीले समयमै कार्य नगर्दा तीन वर्षअघि नै सम्पन्न हुने आयोजनाको काम हालसम्म ७५ प्रतिशत मात्र पूरा भएको छ ।

“ठेकेदारले समयमै काम नगर्दा तीन वर्षअघि सम्पन्न हुनुपर्ने आयोजनाको काम ७५ प्रतिशत मात्र सकिएको छ, अहिले छिटो गर्नका लागि ताकेता गरिरहेका छौं,” प्रसारण लाइन आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले भने । उनका अनुसार विगत केही महिनादेखि काम गर्न समेत छोडेको चिनियाँ कम्पनी बल्ल काममा फर्केको छ भने भारतीय कम्पनीले वर्षापछि मात्र काम गर्ने जानकारी दिएको छ । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : २८ श्रावण २०७३, शुक्रबार ०२:५५