नेप्से १० दशमलव ९३ अंकले ओरालो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से १० दशमलव ९३ अंकले ओरालो



काठमाडौं । वुधबार नेप्से परिसुचक ओरालो लागेको छ । राजनीतिक सहमतिले संविधान बन्ने आशमा उकालो लागेको नेप्से परिसुचक बुधबार १० दशमलव ९३ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ५५ दशमलव ६६ अंकमा आएर अडिएको छ ।

बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ५५ अंकले ओरालो लागेको छ । यसैगरी जलविद्युत् समुहको परिसुचक २८ अंकले घटेको छ भने होटल समुहको परिसुचक पनि २७ अंकले ओरालो लागेको छ ।

यस्तै बजारमा प्रभाव पार्ने बैंक समुह पनि १० दशमलव ७१ अंकले ओरालो लागेको छ । दिनभर २६ करोड ३५ लाख रुपैयाँ बरावरको ६ लाख ४ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७२, बुधबार १३:००