तयार हुनुहोस् आरएसडिसी लघुवित्तले ल्याउदै छ ४ लाख कित्ता सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तयार हुनुहोस् आरएसडिसी लघुवित्तले ल्याउदै छ ४ लाख कित्ता सेयर



1464679744picking-the-right-stockकाठमाडौं २९ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कम्पनीको सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रवन्धकको रुपमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रकाशित : २९ श्रावण २०७३, शनिबार १६:०१