सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा



stockकाठमाडाै ३० साउन । सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् ।

सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल फेरि कालोसूचीको खतरामा पर्ने भन्दै सम्बद्ध निकायले चासे र चिन्ता जनाएका आजको राजधानी दैनिकमा समाचार छ ।

शेयर बजारमा हुने अवैध सम्पत्ति नियन्त्रणमा बोर्डले जिम्मेवारी पूरा नगरेकाले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा संलग्न निकायहरु बित्तीय जानकारी एकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत तनावमा परेका हुन् ।

नेपालमा हुने सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि यी निकायले काम गर्दै आएका छन् । एकै दिन बजार ५ प्रतिशतले घटेपछि गत सोमबार बोर्डले सेयर बजारमा भएको लगानी स्रोत अध्ययन गर्न गठित समिति नै खारेज गरेको थियो ।

प्रकाशित : ३० श्रावण २०७३, आईतवार ०३:३३