एनसेलमा ५० मिनेट टक टाईम तथा ५ सय एसएमएस निशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसेलमा ५० मिनेट टक टाईम तथा ५ सय एसएमएस निशुल्क



ncell-logo-602x256काठमाडौं, ३२ साउन । निजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी  एनसेलको लोगोमा आज देखि परिवर्तन आएको छ । एनसेललाई मलेशियाको आजियाटा कम्पनीले खरिद गरेपछि रिब्राण्डिङ स्वरुप लोगो परिवर्तन भएको हो ।

परिवर्तित नयाँ लोगो आज साउन ३१ गतेबाट कार्यन्वयनमा ल्याईएको ऐनसेलले जनाएको छ । हाल   एनसलेलमा एक्जियटाको लगानी रहेको रेन्होल्डस्को ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस अघि एनसेल टेलीसोनेरा कम्पनीको स्वामित्वमा थियो ।

एनसेलले रिब्राण्डिङसँगै २ बर्षभित्र थप ७० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्ब रुपैयाँको पूँजीगत लगानीबाहेक एनसेलले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चितगर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पूँजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको हो  ।

आजियाटाले नेपाल लगायत एसियाका १० देशमा संचालनमा छ । एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने प्रतिबद्धता बमोजिम टुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको छ ।

नयाँ ब्राण्डको आएसंगै एनसेलले साउन ३२ गतेबाट लागुहुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ । जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५ सय एसएमएस निःशुल्क प्राप्त गर्नेछन् ।एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । साथै प्राप्त ५० मिनेट टक टाईम तथा ५ सय एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ । यो योजना भदौ १४ गतेसम्मजारी रहने छ भने योजना अवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुनेछ ।

प्रकाशित : ३२ श्रावण २०७३, मंगलवार ०८:३३