क्लिन भिलेजको १ लाख २० हजार कित्ता प्राथमिक शेयर आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्लिन भिलेजको १ लाख २० हजार कित्ता प्राथमिक शेयर आउदै



vleकाठमाडौं । क्लिन भिलेज माईक्रोफाईनान्स बित्तिय संस्थाको १ लाख २० हजार  कित्ता प्राथमिक शेयरको यहि आषाढ ३ गते बाट निस्काशन गर्ने भएको छ। सो निष्काशित शेयरमध्ये बैंकका कर्मचारीको लागि  ४ हजार ८ सय कित्ता शेयर, विभिन्न लगानी कोषका लागि ६ हजार कित्ता शेयर सुरक्षित गरिएको छ  । कास्कीमा प्रधान कार्यलय रहेको यस संस्थाको प्राथमिक शेयर निश्कासन पछि कुल चुक्ता पुंजी ४ करोड पुग्नेछ।

क्लिन भिलेज माईक्रोफाईनान्स बित्तिय कम्पनीको दोश्रो त्रैमासिक बित्तिय विवरण अनुसार खुद नाफा ३७  लाख ७९  हजार रुपैयाँ रहेको छ ।  गत आर्थिक २०७०/७१  बर्षको अन्त्यमा कम्पनीको खुद मुनाफा ३ लाख १० हजार मात्र रहेको थियो । छ । लगानीकर्ताहरुले शेयर आवेदन न्युनतम ५० कित्ता र अधिकतम १ हजार  कित्ता सम्म दिन सक्ने छन् ।गत आर्थिक २०७०/७१  बर्षको कम्पनीको प्रति शेयर आम्दानी २ दशमलब २ रुपैया ,प्रतिशेयर ९५ दशमलब ४९ रहेको छ ।

यस संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड  रहेको छ । दरखास्त संकल केन्द्रहरु क्लिन भिलेज माईक्रोफाईनान्स बित्तिय संस्थाका  कार्यालयहरु  जस अन्तर्गत  केन्द्रीय कार्यालय हेम्जा( ५ कास्की तथा शाखा कार्यालयहरु  लमजुङ जिल्लाको उदिपूर,सोलुखुम्बु जिल्लाको सल्लेरी र ताप्लेजुङ जिल्लाको ताप्लेजुङ, एनएमबि क्यापिटल लिमिटेड बबरमहल त्यसै गरि एनएमबि बैंक लिमिटेड बबरमहल काठमाडौँ तथा बैंकका शाखा कार्यालयहरु पुतलीसडक, कान्तिपथ, ठमेल, कलंकी, कुमारीपाटी, लुभु, ठैब, सुर्यविनायक, तीन दोबाटो  बनेपा, रंगेली रोड बिराटनगर, आदर्शनगर विरगंज, मिलनचोक बुटवल, बसपार्क रोड धनगडी, महेन्द्रपथ धरान, मन्थली बजार रामेछाप, सुर्खेतरोड नेपालगंज, चिप्लेढुंगा पोखरा, मेनरोड लहान, बिर्तामोड झापा, भानुचोक जनकपुर, र नारायणगढ चितवन रहेका छन् ।

प्रकाशित : २७ जेष्ठ २०७२, बुधबार १४:३८