भक्तपुर फाइनान्सको मुनाफामा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भक्तपुर फाइनान्सको मुनाफामा सामान्य वृद्धि



money2-390x293काठमाडौं, १ भदौ । भक्तपुर फाइनान्स कम्पनी लिमिटेडको मुनाफामा ४ दशमलव १२ प्रतिशतले वृद्धि भई ९९ लाख रुपैयाँ कमाएको छ । गत आ.व.को यसै अवधिमा बैंकले ९५ करोड रुपैयाँ कमाएको थियो ।

२१ करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडाकोषमा १ करोड ३७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ८ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ४५ करोड रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ४४ करोड रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी २८ दशमलव ४८ प्रतिशतले बढेर २ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १७ दशमलव ९७ प्रतिशतले बढेर १ करोड ३७ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा ६५ लाख रुपैयाँ राखेको छ भने १८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

फाइनान्सको निष्कृय कर्जा ४ दशमलव ७३ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति ४० दशमलव ६३ प्रतिशत रहेको छ ।

प्रकाशित : १ भाद्र २०७३, बुधबार ०३:४०