सहकारीद्वारा डेढ अर्ब ऋण लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीद्वारा डेढ अर्ब ऋण लगानी



पाँचथर, २  भदौ  । आर्थिक उन्नतिका लागि सहकारीमा सङ्गठित हुनेको सङ्ख्या बढेसँगै सहकारीको लगानीमा पनि वृद्धि भएको छ । मेची अञ्चलका पाँचथर, इलाम र ताप्लेजुङमा सहकारी संस्थाले एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका डिभिजन सहकारी कार्यालयका लीला विष्टले जानकारी दिए। यस क्षेत्रका धेरैजसो सहकारीले धितो लिएर ऋण लगानी गर्ने गरेका छन् ।

“सहकारीको लगानी धेरै देखिए पनि जोखिममा पर्ने डर रहन्न,” उनले भने । पाँच सय २८ सहकारी संस्था रहेको इलाममा १ अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी छ । पाँचथरका २३८ सहकारीले ३४ करोड १० लाख २३ हजार तथा ताप्लेजुङका १६१ सहकारीले  १६ करोड २२ लाख ६९ हजार लगानी गरेका छन् ।

तीन जिल्लाका ९२७ विषयगत र प्रारम्भिक सहकारीले एक अर्ब एक करोड ३५ लाख ७२ हजार रकम बचत गरेका छन् । इलामका सहकारीले  ६९ करोड ४७ लाख १६ हजार, पाँचथरका सहकारीले २१ करोड ५० लाख ८१ हजार र ताप्लेजुङका सहकारीले १० करोड ३७ लाख ७५ हजार रकम बचत गरेका डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

ती सहकारी संस्थामा ३७ करोड २० लाख २६ हजार सेयर पुँजी सङ्कलन छ । इलामका सहकारीमा २२ करोड ६८ लाख ६८ लाख ६६ हजार, पाँचथरका सहकारीमा नौ करोड ८७ लाख ६५ हजार र ताप्लेजुङका सहकारीमा ४ करोड ६३ लाख ९४ हजार सेयर पुँजी रहेको बताइएको छ ।

प्रकाशित : २ भाद्र २०७३, बिहीबार १४:०२