उद्योग दर्ता हुन्छन्, तर सञ्चालन हुँदैनन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्योग दर्ता हुन्छन्, तर सञ्चालन हुँदैनन्



udhogकाठमाडौं,  ३  भदौ। काभ्रेमा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन् । पर्याप्त जानकारी बिना अरुको देखासिकी गरि उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था छ ।

आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेको हो । सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्योग दर्ता गर्नेको संख बढेर ६ सय ३२ वटा दर्ता भएको घरेलु तथा साना उद्योग धुलिखेलले जनाएको छ । यस आवका उत्पादनमूलक ६८ सेवामुलक एक सय ९५ कृषि तथा वन अन्य दुई सय ९६ र पर्यटनमा ७३ उद्योग दर्ता भएका छन् ।

सरकारले दिने कृषि अनुदान प्राप्त गर्ने उदेश्यले उद्योग दर्ता भए पनि सञ्चालन नगर्ने परम्परासमेत विकास हुँदै गएको छ । आजको अन्नपूर्ण पोष्टबाट ।

प्रकाशित : ३ भाद्र २०७३, शुक्रबार ०२:१३