वाणिज्य बैंकहरुको नाफा ३० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंकहरुको नाफा ३० प्रतिशतले बढ्यो



Bankकाठमाडौं, ३  भदौ । वाणिज्य बैंकहरुको नाफा ३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा असहज आर्थिक परिस्थितिका बाबजुद पनि वाणिज्य बैंकहरुले उल्लेख्य नाफा गर्न सफल भएका हुन् ।
आर्थिक वर्ष २०७२–७३ मा उच्च नाफा कायम गर्नेमा नेपाल बैंक पहिलो स्थानमा छ । सरकारको समेत सेयर लगानी रहेको नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । सञ्चालनमा रहेका २८ मध्ये १८ बैंकहरुले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।

एक अर्ब भन्दा बढी नाफा गर्नेमा नेपाल बैंकसँगै क्रमशः नबिल बैंक (२ अर्ब ८२ करोड), राष्ट्रिय वाणिज्य बैंक (२ अर्ब ६५ करोड), कृषि विकास बैंक (२ अर्ब ५८ करोड) नाफा सहित पहिलो पाँच स्थानमा छन् । त्यस्तै, एक अर्ब बढी नाफा आर्जन गर्ने अन्य बैंकहरुमा नेपाल इन्भेष्टमेण्ट बैंक (२ अर्ब ५५ करोड), हिमालयन बैंक (१ अर्ब ९२ करोड), एभरेष्ट बैंक (१ अर्ब ७३ करोड), ग्लोबल आईएमई बैंक (१ अर्ब ३९ करोड), नेपाल एसबीआई बैंक (१ अर्ब ३३ करोड), स्ट्याण्डर्ड चार्टर्ड (१ अर्ब २७ करोड), सिद्धार्थ (१ अर्ब २४ करोड), प्रभु बैंक (१ अर्ब २३ करोड), नेपाल बंगलादेश बैंक (१ अर्ब २० करोड), एनएमबी बैंक (१ अर्ब १५ करोड), प्राइम (१ अर्ब १३ करोड), सिटीजन्स बैंक (१ अर्ब ९ करोड), एनआइसी (१ अर्ब ७ करोड) र सानिमा बैंक (१ अर्ब ५ करोड) रहेका छन् ।

त्यस्तै, एक अर्ब भन्दा कम नाफा आर्जन गर्नेमा दश बैंक छन् । गत आर्थिक वर्षमा सनराइज बैंकले ९५ करोड १८ लाख, माछापुछ«े बैंकले ८९ करोड १८ लाख बैंक अफ काठमाण्डूले ७५ करोड ८१ लाख, कुमारी बैंकले ७४ करोड एक लाख र एनसीसी बैंकले ७० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सबैभन्दा कम नाफा आर्जन गर्ने पाँच बैंकमा जनता बैंकले ३२ करोड ५३ लाख, सिभिल बैंकले ३३ करोड १५ लाख, सेन्चुरी बैंकले ३८ करोड २६ लाख, मेगा बैंक ५५ करोड २० लाख र लक्ष्मी बैंकले ६७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रकाशित : ३ भाद्र २०७३, शुक्रबार ०२:५२