डीपीले प्रर्वद्धक बैंकमा खाता खोल्न बाध्य बनाउन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डीपीले प्रर्वद्धक बैंकमा खाता खोल्न बाध्य बनाउन नपाइने



cdsc_dematकाठमाडौं, ३ भदौं । बैंकहरुले प्रर्वद्धन गरिरहेका डिपोजिटरी पार्टिसिपेन्ट (शेयरको विद्युतिय अभिलेख राखि दिने/डिम्याट गर्ने संस्था) ले आफ्ना सेवाग्राहीलाई प्रर्वद्धक बैंकमा नै बचत खाता खोल्न दवाब दिन नपाउने भएका छन् । डीपी सेवा दिने क्यापिटल कम्पनीहरुले लगानीकर्तालाई आर्थिक कारोबार (शेयर कारोबार) गर्न आफ्नै बैंकमा खाता खोल्न दबाब दिएको भेटिएपछि धितोपत्र बोर्डले यस्तो निर्देशन दिने भएको हो ।

‘बजारमा केही क्यापिटल कम्पनीले यसरी दबाब दिएको सुनिएपछि हामीले यस्तो निर्देशन दिन लागेका हौं,’ धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने । आइपिओ, हकप्रद वा एफपिओ निष्काशन हुँदा शेयरको लागि आवेदन दिदा चेक अनिवार्य गरिएको छ । अन्य संस्थाको चेक राफसाफ गर्न समय लाग्ने भन्दै बिक्री प्रबन्धक समेत रहने यस्ता डीपी कम्पनीहरुले प्रर्वद्धक बैंकमा नै खाता खोल्न लगानीकर्तालाई दबाब दिने गरेको भेटिएको हो ।

प्रकाशित : ४ भाद्र २०७३, शनिबार ०१:५९