गभर्नर कार्यालयमा पुनः लफडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नर कार्यालयमा पुनः लफडा



Chiranjibi-Nepal-1काठमाडौं । एमाले समर्थित कर्मचारी संगठनले गभर्नर कार्यालय घेराउ गरेपछि पूर्वनिर्धारित सञ्चालक समितिकाे वैठक राेकिएकाे छ। अधिकृत तृतिय स्तरका कर्मचारीहरूकाे माथिल्लाे ग्रेड पुगेपछि उपनिर्देशक सरह सेवा सुविधा दिनु पर्ने माग गर्दै गभर्नर कार्यालय घेराउ गरेका थिए।

गभर्नर कार्यालय घेराउ भएपछि सञ्चालक बैठक कक्षमा जान सकेका थिएनन्। एक सञ्चालकले भने- हामीलाई वैठकमा बालाईयाे तर गभर्नर कार्यालयमा कर्मचारीले छिर्न दिएनन्।

बैंकका सहप्रवक्ता राजेन्द्र पन्डितले कर्मचारी अबराेधले वाेर्ड वैठकमा सहभागी हुन अाएका सञ्चालक छिर्न नपाएकाले वैठक बस्न नसकेकाे जानकारी दिए। वैठकमा सहभागी हुन अाएका अर्सचिव लाेक दर्शन रेग्मी, विकेमान सिह, श्रीराम पाैडेल र रामहरी अर्याल छिर्न नपाएका हुन्। बिज्माण्डू

प्रकाशित : ७ भाद्र २०७३, मंगलवार ०३:५६