नेप्सेमा सकस कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा सकस कायमै



stocksकाठमाडौं, ७ भदौ । मंगलबार पनि पूँजी बजारमा सामान्य गिरावट देखिएको छ । हिजो सोमबार ३९ अंकको उच्च गिरावट आएको भएपनि आज भने बजार सामान्य घटेको हो । खुलेको केही समय सामान्य देखिएको बजार सबा १२ बजे आजको सबैभन्दा उच्च बिन्दु १७ सय ४ को बिन्दुमा पुगेको थियो । त्यसपछि आरोलो लागेको नेप्से उतारचढावका बीच कारोबार बन्द हुने समयसम्म आईपुग्दा १ दशमलव २६ अंकले घटेर १६ सय ८१ दशमलव ८६ अंकमा पुगेर बजार बन्द भएको हो ।

आज १ सय ३९ कम्पनीहरुको १४ लाख ५२ हजार २ सय ५० कित्ता शेयर खरिद बिक्री भई ८८ करोड १९ लाख ६२ हजार ८१० रुपैयाँको कारोवार भएको छ । आजको कारोबारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै गरी नेपाल बंगलादेश बैंकको ५ करोड ४१ लाख रुपैयाँ, सिद्धार्थ बैंक लिमिटेडको ४ करोड ५४ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३ करोड ८३ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरको ३ करोड ६२ लाख रुपैैैैयाँको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा बैंक, विकास बैंक, होटल र जलविद्युत समूह हरियो भएर बन्द भए, भने फाइनान्स, बीमा उत्पादन र अन्यका लगानीकर्ताले आज पनि घाटा बेहोरेका छन् ।

आज जलविद्युत समूहका लगानीकर्ताले सबैभन्दा बढीे मुनाफा सुरक्षित गरेका छन् । यो परिसुचक १५ दशमलव २१ अंकले उकालो लागेको छ । त्यस्तै होटल समूह ४ दशमलव १६ अंक, विकास बैंक समूह ३ दशमलव ५९ अंक र बैंकिङ्ग समूह १ दशमलव ५३ अंकले बढेको छ ।

आजको कारोबारमा सर्वाधिक गुमाउनेमा उत्पादक तथा प्रशोधन समुहका लगानीकर्ता रहेका छन्, यो समूहको परिसुचक आज ४८ दशमलव ८३ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुहको परिसुचक ३९ दशमलव ३९ अंकले ओरालो लागेको छ, भने फाइनान्स समूह ८ दशमलव ६३ अंकले र अन्य समुह ३ दशमलव १८ अंकले घटेको छ ।

आज पनि २ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । कन्काई विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको शेयरको मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो ।

त्यस्तै आज सर्वाधिक गुमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । जसका लगानीकर्ताले आज ९ दशमलव ७७ प्रतिशतको घाटा बेहोरेका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटभ परिसूचक शुन्य दशमलव २० अंकले घटेर ३ सय ६३ दशमलव ५६ बिन्दुमा पुगेर बन्द भएको छ ।

प्रकाशित : ७ भाद्र २०७३, मंगलवार ११:२३