अभाव टार्न कार्गोबाट डलर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अभाव टार्न कार्गोबाट डलर



Dollar-1024x640काठमाडौं ८ भदाै । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् । आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेका हुन् ।

नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

‘विदेश जाने सबैले नगद डलरको माग नर्ग थालेपछि डलर अभाव भएको छ, यसको पूर्तिका लागि चार वाणिज्य बैंकले विदेशबाट कार्गौ गरेर डलर ल्याउने गृहकार्य अगाडि बढाएका छन् ,’ कार्यकारी निर्देशक ढुंगानाले बताए ।

सबै बाणिज्य बैंकको विदेशी बैंक खातामा विदेशी मुद्रा राख्ने गरेका हुन्छन् । केही दिनयता नेपाली बजारमा डलरको अभाव छ ।

प्रकाशित : ८ भाद्र २०७३, बुधबार ०३:०६